पोखरामा आज (शुक्रबार) देखि छैटौं पुष्प मेला संचालनमा आउँदैछ।
व्यावसायिक प्रवद्र्धन तथा तिहार पर्वलाई लक्षित गर्दै पुष्प व्यवसायीले आज (कात्तिक ४ गतेदेखि ६ गते) सम्म पुष्प मेला संचालन गर्न लागेका हुन्।
पोखरा रंगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवद्र्धन गरिनेछ।
गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्नेछन्। पुष्प मेलामा आठ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ।
मेलामा सरकारी तथा विभिन्न संघसंस्थाको सहयोग रहनेछ। प्रदर्शनीमा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिनेछ।
पोखरामा प्रत्येक वर्ष पुष्प प्रदर्शनी गरिँदै आएको भएपनि पछिल्लो २ वर्ष कोरोनाका कारण मेला संचालनमा आउन सकेको थिएन। कास्कीमा मात्र ५० भन्दा बढी पुष्प व्यवसायीहरु छन्।
पोखरामा तिहारको समयमा मात्र २ करोड रुपैयाँ भन्दा बढी मूल्यको सयपत्री तथा मखमली फूलका माला तथा फूल बिक्री हुने गरेको पुष्प व्यवसायीहरु बताउँछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







