गठबन्धनमा शंका पैदा गर्ने काम नगरौं : देउवा


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार पोखरामा पाँचदलीय गठबन्धनले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’उनले भने,

हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’देउवाले भनेका छन्,

गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनको भनाइ रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।