मंसीरको २५ गते एन्फा कार्यसमितिको बैठक


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




यही मंसीरको २५ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठके बस्ने भएको छ।

बैठकमा यसपटक एन्फाले महत्वप्रर्ण एजेन्डाको निस्कर्ष निकाल्नुपर्ने जिम्मेवारी छ।

एन्फाको कार्यसमितिको बैठकमा करिव २३ वटा मुख्य एजेन्डा छन्। त्यसमा राष्ट्रिय टिमको प्रशिक्षण र नयाँ प्रशिक्षकका विषयमा पनि छलफल हुनेछ भने ‘ए’ डिभिजन तथा राष्ट्रिय लिगका विषयमा पनि छलफल हुनेछ।

यस्तै, अर्को वर्ष ‘होम एण्ड अवे’मा लिग गर्ने अवधारणालाई पनि सो बैठकमा राखिने भएको छ। यसका लागि मैत्रीपूर्ण खेलको आयोजना र सहभागिताका विषयमा पनि यो बैठकले निस्कर्ष निकाल्ने जनाइएको छ। यस्तै, एन्फाले जिल्ला र प्रदेशमा पनि पुर्वाधारमा लगानीको विषय बैठकमा छलफल हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।