‘स्पोर्ट्स फर अल’ कमिसनको अध्यक्षमा पुनः श्रेष्ठ


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ : श्रेष्ठ

नेपाल ओलम्पिक कमिटि अन्तरगत रहेको ‘स्पोर्ट्स फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णु गोपाल श्रेष्ठ चयन भएका छन्।

ओलम्पिक कमिटीले शुक्रबार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरेको हो। यसअघि पनि कमिसनको अध्यक्षमा श्रेष्ठ नै रहेका थिए।

ओलम्पिक कमिटीका कमिसनमध्ये ‘स्पोर्ट्स फर अल’ सबैभन्दा सक्रिय कमिटी हो।

कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम गर्ने भएको छ।

कमिसनका अध्यक्ष श्रेष्ठले आउने वर्षमा खेलकुदबारे जनचेतना बढाउन धेरैभन्दा धेरै कार्यक्रम गर्ने जानकारी गराएका छन्।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संस्थाले आम नेपालीमा खेलकुदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुनेमा विश्वस्त रहेको बताए।

‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ,’ भन्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।