कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

- अर्को मिति तय हुन बाँकी


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित




नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ ।

आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।

सोमबारका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको संकल्प पत्र सोमबार बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

सोमबारका लागि तय भएको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रमको मिति तय भएको छैन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।