तेस्रो वडा स्तरिय मेन्स ब्याटमिन्टन प्रतियोगितामा सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित




पोखरा । सुर्यचन्द्र विकास समाज मालेपाटन–५ पोखराको आयोजनामा तेस्रो वडा स्तरिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ‘ए लेभल’ तर्फ जित बहादुर कुवँर र प्रवेश गुरुङको जोडी तथा ‘वि लेभल’तर्फ सुभाषराज कोईराला र भुपेन्द्र केसीको जोडी प्रथम भएको छ ।

‘ए लेभल’ मा कुवँर र गुरुङको जोडीले कृष्ण खत्री र दिपक लामिछानेको जोडीलाई २—० को सोझो सेटमा पराजित गरेको हो भने त्यसैगरि ‘वि लेभल’ मा कोईराला केसीको जोडीले गोविन्द थापा सिंजाली र सुशोभन बरालको जोडीलाई २—१ को सेटमा पराजित गरेको हो ।

‘ए लेभल’ बाट कुवँर र ‘वि लेभल’बाट कोईराला वेस्ट प्लेयर घोषित भएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समित कास्कीका प्रमुख लिलाधर पौड्यालले पोखरा ५ मालेपाटनबाटै राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएकोले खेलको विकास र खेलाडीको मनोवल उच्च राख्ने खालका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले खेल मनोरञ्जनको साधन मात्रै नभई व्यक्तिको स्वास्थ्य तन्दुरुस्त राख्नमा मद्धत पुग्ने बताए ।
कार्यक्रममा खेल क्षेत्रमा योगदान गरेवापत समाजसेवी तथा पुर्व खेलाडी जगदिश प्रसाद अधिकारीलाई सम्मान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।