कास्की–१ (ख) मा नेकपा एमालेको चुनाव प्रचार–प्रसार तिव्र


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसीर ४ गते हुने चुनाव केन्द्रीत रहेर प्रचार–प्रसारलाई तिव्र पारेको छ।

सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानीय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउन प्रचार–प्रसारको कामलाई तिव्रता दिएको हो।

सोमवार पोखरा–१२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराए। प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालैकोे नेतृत्वमा भएको बताए। साथै, एमालेको सरकार रहँदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको उनीहरुको आरोप छ।

वडा नम्वर १२ का स्थानीयले दीपावलीको खुसीयाली जस्तै एमाले पार्टीलाई बुहुमतले जिताएर ५ वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।