केन्यामा पाकिस्तानी पत्रकारको गोली हानी हत्या


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




चर्चित पाकिस्तानी पत्रकार अरसाद सरिफको आइतबार केन्यामा गोली हानी हत्या भएको छ।

सरिफको हत्या भएपछि अनुसन्धान सुरु गरिएको छ।

प्रहरीको प्रारंभिक अनुसन्धान प्रतिवेदनअनुसार पहिचानमा गल्ती भएकाले सवारी साधनमा गइरहेका उनलाई सरकारी अधिकारीहरुले नै गोली चलाएका हुन्।

पाकिस्तानी सेनाका विरोधी रहेका सरिफ पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानका कट्टर समर्थक हुन्।

आफूमाथि अनावश्यक प्रताडना दिइएको गुनासो गर्दै ४९ वर्षीय सरिफले गत अगस्टमा पाकिस्तान छाडेका थिए। केन्या आइपुग्नुअघि उनी बेलायत र दुबईमा बसेका थिए।

तर, उनी पूर्वी अफ्रिकी मुलुक केन्यामा के गरिरहेको भन्ने स्पष्ट हुन सकेको छैन। केन्याको प्रहरी निगरानी निकाय इन्डिपेन्डेन्ट पुलिस ओभरसाइट अथोरिटी (आइपीओए) ले आइतबार साँझ राजधानी नैरोवी नजिकको काजिआदो काउन्टीमा गोली चल्नासाथ घटनास्थलमा आफ्नो टोली परिचालन गरेको जनाएको छ।

सरकारी अधिकारीहरूले सरिफले चलाइरहेको कार गल्तीवश चोरिएको हुनपर्ने आशंका गरेको बताइएको छ। पाकिस्तानी पूर्वप्रधानमन्त्री खानले हत्याको खबर सुनेर आफू स्तब्ध भएको बताएका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।