म्यानमारको सबैभन्दा ठूलो जातीय लडाकु समूहहरूलाई लक्षित गरी सरकारी फौजले सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ।
अन्य करिब १ सय जना घाइते भएको संचार माध्यमहरुले जनाएका छन्।
काचिन इन्डपेन्डेन्स आर्मी (केआईए)का प्रवक्ता कर्णेल न बुले बीबीसीलाई मृतकको संख्याबारे जानकारी गराएका हुन्।
प्रत्यक्षदर्शीहरूका अनुसार उत्तरी म्यानमारको काचिन राज्यको कान्सी गाउँमा केआइएले आयोजना गरिरहेको एउटा सांगीतिक कार्यक्रममा विमानबाट ३ वटा बम खसालिएको थियो।
गाउँलेहरूले उक्त हवाई आक्रमण गरिनुअघि कुनै पूर्वचेतावनी नदिइएको बताएका छन्। लडाकु सेनाको स्वायत्तता अभियानको ६२ औँ वार्षिकोत्सव मनाउने क्रममा सांगीतिक कार्यक्रमको आयोजना भएको थियो। मारिनेमा काचिनका ४ जना लोकप्रिय गायक पनि रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरूले सेनाले घाइतेहरूलाई अस्पताल भएको नजिकको पाकान्त सहरमा लग्न लागेका स्वास्थ्यकर्मीहरूलाई रोकेको बताएका छन्।
बहुमुल्य पत्थर जेडको खानी रहेको काचिन राज्यमा वर्षौँदेखि सेना र काचिन लडाकुबीच भिडन्त हुँदै आएको छ। त्यहाँ वार्षिक करिब ३० अर्ब अमेरिकी डलर बराबरको जेडको कारोबार हुने गर्छ।
म्यानमारमा गत वर्ष आङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेना सत्तामा पुगेको हो। सेनाले काचिन लडाकुहरूले सेनाविरुद्ध अन्य सशस्त्र समूहहरूलाई मद्दत गरिरहेको आशंका गरेको छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







