विश्व प्रसिद्ध तथा विवादास्पद लेखक सलमान रुस्दीको एउटा आँखाको ज्योति गुमेको छ।
उनका एजेन्टका अनुसार गत अगस्टमा अमेरिकाको न्यूयोर्कमा एउटा कार्यक्रममा सहभागी भएका बेला अचानक एक व्यक्तिले छुरा प्रहार गरेपछि सलमानको एउटा हात पनि नचल्ने अवस्थामा पुगेको छ।
न्यूयोर्कस्थित एजेन्ट एन्द्रयु विलीले स्पेनको अखबार एल पेइसलाई भनेका छन्, ‘सलमानको अनुहारमा करिब १५ वटा भन्दा बढी घाउ छन्। घाँटीमा ३ वटा गहिरो घाउ छन्। पाखुराको नसा काट्नु परेकाले उनको एउटा हात चल्दैन। उनीमाथि निर्मम आक्रमण भएको थियो। तर, सलमान अहिले कहाँ छन् भन्ने खुलाउन सक्दिन।’
सन् १९८८ मा उनीद्वारा लिखित उपन्यास ‘द सटानिक भर्सेज’का कारण उनले मृत्युदण्डको धम्की सामना गर्दै आएका थिए।
केही मुस्लिमले उनको सो उपन्यासले मुस्लिम धर्मको अपमान गरेको ठान्ने गरेका छन्।
अमेरिकामा जन्मेका २४ वर्षीय आक्रमणकारी हादी मातारविरुद्ध हत्या प्रयासको आरोप लगाइएको छ। तर, उनले सो आरोप अस्वीकार गर्दै आएका छन्।
गत १२ अगस्टमा न्यूयोर्क राज्यको चाउटाउक्वा इन्स्टिच्युटमा अमेरिकाले लेखकहरूलाई कसरी सुरक्षित आश्रय दिँदै आएको छ भन्नेबारे भाषण दिनै लागेको बेला सलमानमाथि अचानक हमला भएको थियो।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







