फाइल तस्विर
तनहुँमा दुई तले घरमा आगलागि भएको छ । तनहुँ जिल्ला आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ छेउसिङस्थित चन्द्रबहादुर गुरुङको दुई तले ढुंगा माटोको घरमा शुक्रबार आगलागी भएको हो ।
आगलागीबाट घर जल्नुका साथै एक तोला सुन, नगद ४० हजार र अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट करीब साढे सात लाख क्षेति पुगेको अनुमान गरिएको प्रहरीले बताएको छ । आगलागीका कारण नखुलेको र अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस…







