पाकिस्तानमा देशव्यापी रुपमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित




पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ ।

सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ ।पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको बताइएको छ ।यो एक हप्ता लामो अभियान भएको बताइएको छ । सो अभियान सोमबारबाट सुरु गरिएको हो ।

सोमबार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल क्वादिर पटेलले सो अभियानको सुरुआत गर्नुभएको हो ।यो अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।

यो अभियान पाकिस्तानका दशौँ लाख बालबालिकासम्म पुग्ने मन्त्री क्वादिरले बताए । उनले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गरे ।

यो अभियानमा खैबर पाक्थुन्क्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरुलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ । पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको सङ्क्रमण भेटिएको छ । यहाँको विशेषगरी खैबरका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।