नेकपाका दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा छलफल हुने


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




फाइल फोटो

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिव ३ घण्टा बसेर सचिवालय बैठक सकिएको हो ।

आज बसेको सचिवालय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि सचिवालयमा रहेका दुबै अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्तावलाई स्थायी कमिटीमा लैजाले र त्यही छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपा स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गरेर सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने बताए पनि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।