पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवन र प्रकाश बरालसमक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानियबासीले सडक निर्माणमा बिशेष जोड दिन माग गरेका छन्।
जनतासँगको भेटघाट कार्यक्रममा आइतबार घान्द्रुक पुगेका उमेदवारहरुसमक्ष स्थानीयले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक बाटो भएकोले त्यसलाई बिशेष ध्यान दिन आग्रह गरेका हुन्।
घान्द्रुकको घरदैलो कार्यक्रमको क्रममा गुरुङ समुदायको परम्परागत काजदेभ पूजामा समेत सहभागी हुन पुगेका गठबन्धनका उमेदवारहरुलाई स्थानीयले आशिर्बाद प्रदान गरी देश र जनाताको पक्षमा काम गर्न उमेदवारलार्ई आग्रह गरे। गठबन्धनका उमेदवारहरुले चुनाव जित्ने निश्चित भएको दाबी गर्दै उनीहरुले निर्वाचित भएपछि पनि जनताको घरदैलोमा निरन्तर रुपमा आउन स्थानीयले सुझाव दिए।
उम्मेदवारहरुले सोमबार अन्नपूर्ण गाउँपालिकाको घाँन्द्रुक, झिनु, छोम्रुङलगायतको क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहँदा स्थानीयले फूलमालाले स्वागत गर्दै गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाए। यस क्षेत्रमा स्वास्थ्यको समेत समस्या भएकोले त्यसलाई गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गर्नुपर्ने माग गरे।
उम्मेदवारहरुले आफूहरु निर्वाचित भएमा निर्वाचनका बेला जनतासँग खाएको कसम पूरा गर्ने बताए। कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका प्रत्यासी गठबन्धनका साझा उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत हुन्।
गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ (२) का प्रत्यासी प्रदेशसभा सदस्य प्रकाश बराल जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख हुन्।
कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मूल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका पक्षमा उम्मेदवारी दिएको चुनाव प्रचार समितिले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





