पोखरा–१२ स्थित फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर लामिछाने सर्वसम्मत चयन भएका छन्।
संस्थाको आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन्।
यस्तै, सदस्यहरूमा पदमप्रसाद गौतम, रवीन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले वडासँग बजेटको कमी नभएकाले राम्रा कार्यक्रम ल्याएमा टोललाई सहयोग गर्ने बताए। उनले वडाले वृद्धवृद्धाहरूको सामान्य स्वास्थ्य उपचार घरघरमा नै गएर तथा महिलाहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने बताए। उनले २ छोरी मात्र जन्माएर परिवार नियोजन गर्ने दम्पत्तिलाई ५० हजार रुपैयाँ प्रदान गर्ने वडाको योजना रहेको जानकारी दिए।
पोखरा–१२ का निवर्तमान वडाध्यक्ष रामबहादुर कार्कीले आफ्नो कार्यकालमा शान्तिपथ टोलको विकासमा विशेष योगदान गरेको स्मरण गरे। पूर्व एसपी. नरेशबहादुर कार्कीले चापापानी खानेपानी उपभोक्ता समितिको संपूर्ण रकम शान्तिपथ टोलविकास संस्थाको कोषमा जम्मा गरिदिने बताए।
नव निर्वाचित अध्यक्ष दयासागर लामिछानेले सबैको साथ सहयोग लिएर अगाडि बढ्ने कुरामा जोड दिए।
कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो।
कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा टोल सदस्य एवं बाटो निर्माण समितिका संयोजक पदम भण्डारीले स्वागत मन्तव्य र अनुराग अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







