हामीलाई जनताको साथ छ: स्वतन्त्र उम्मेद्धार राजु


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नं १ का उम्मेदवार राजु राइले आफुहरलाई सहयोग मिलेको बताएका छन् ।

सबै ठाउँमा हामीलाई सकारात्क हौसाला मिलेको छ । हामीलाई सबैले स्वागत गर्नु भएको छ हामीले घरदैलो भेटघाटको अन्तरलमा मोहोरिया टोल वडा ३१, खुदि डुङ्गेपाटन ३०, पावरहाउस २७, सैनिक बस्ति २९ घुमियो सबैको विचार सकारात्मक देखियो,उनले भने ।
जनता अन्य पार्टीले दिएको आश्वासले मात्र पनि आतिएका छन् । हामीले विकासको योजना लिएर आएको थाहा पाएपछी स्वागत गर्नु भएको राजुले बताए । पुराना पार्टीले जनतालाई दुःख दिएका कारण स्वतन्त्र पार्टीको उदय भएको बताए ।

आफुले ठूला एजेन्डा नबोकेको तर जनताको देनिकी र जिवनसँग जोडिएर दीर्घकालिन योजनालाई लिएर अघि बढेको उनले सुनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।