५ वर्षमा जनताको जीवन बदल्ने विश्वप्रकाशको अठोट


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नं २ (१) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको घर–घरमा परिर्वतन ल्याउने गरी काम गर्ने अठोट गरेका छन्।

पोखरा–७ को ड्यामसाईडमा कास्की–२ को प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै लामिछानेले अबको ५ वर्षमा जनताको जीवनशैलीमा परिवर्तन गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

लामिछानेले भ्रष्टचार नगर्ने र गर्न पनि नदिने वाचा गर्दै आफ्नो प्राथमिकतामा सुशासन रहेको जनाए । प्रकृतिको संरक्षण गर्दै पोखराको विकास गर्ने योजना रहेको उनले सुनाए।

उनले अहिलेको गठबन्धन संविधानको रक्षा र कार्यान्वयन लागि बनेको उल्लेख गरे। मुलुकको अग्रगतिका लागि गठबन्धको जित जरुरी रहको उनको भनाई थियो।

गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकीकृत समाजवादीका श्रीनाथ बरालले मुटु, महिला र बाल रोगको राम्रो उपचारको लागि पोखरामा विशिष्टिकृत अस्पताल बनाउने योजना सुनाए।

‘पोखरालाई आइटी सहरको रुपमा विकास गर्ने, कास्की क्षेत्र न २ लाई विषेश मोडलबाट विकास गरेर अघि बढ्ने योजना छ,’ उनले सुनाए, ‘यहाँ विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण सहितको शिक्षण संस्था स्थापना गर्नुपर्छ।’

एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रत्ना गुरुङले लोकतन्त्र नै खतरामा परेकाले त्यसलाई टार्न अहिलेको गठबन्धन बनेको दाबी गरिन्।

कास्की क्षेत्र नं २ का माओवादी इन्चार्ज रुद्र गौतमले गठबन्धनको उम्मेदवारको विजय निश्चत भएको दावी गरे। उनले देश विकासका लागि गठबन्धनको उम्मेदवारको जितको विकल्प नरहेको बताए।

कास्की क्षेत्र न्. २ क चुनाव प्रचारप्रसार समिति संयोजक दिनेश आचार्यले गठबन्धनको उम्मेदवारलाई किन भोट दिने भन्ने विषयमा बोलेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।