काठमाण्डौंकी नम्रता श्रेष्ठले पहिरिइन् ‘मिस नेपाल २०२०’ को ताज


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




काठमाण्डौंकी नम्रता श्रेष्ठले २५ औं संस्करणको ‘मिस नेपाल २०२०’ ताज पहिरेकी छन् ।

हिडेन ट्रेजरको आयोजनामा शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २२ वर्षीया नम्रताले २० प्रतिस्पर्धीलाई पछि पार्दै यस संस्करणकोा ताज पहिरेकी हुन्।

आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ?’ भन्ने प्रश्नमा नम्रताले नेपाली महिलालाई सकारात्मक सोंचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन्।

उनलाई ‘मिस नेपाल वल्र्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउनेछिन् । नम्रताले गाडी समेत जितेकी छन्। अब, नम्रताले चीनमा हुने ‘मिस वल्र्ड २०२१’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।

यसैगरी, काठमाण्डौंकी २४ वर्षीया सिमल कनौजियाले ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि जितेकी छन्। त्यस्तै, महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२०’ को ताज पहिरेकी छन्। त्यस्तै, काठमाण्डौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठले ‘मिस नेपाल अर्थ २०२०’ को उपाधि हात पारेकी छन्। उनीहरुले २ लाख ५० हजार पाउनेछन्।

यस्तै, प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । उनीहरुले २५ हजार पाउनेछन्।

यस वर्ष देशभरका २ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए। जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए। तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको थियो।

नेपालमा सन् १९९४ देखि ‘मिस नेपाल’ प्रतियोगिता सुरु गरिएको थियो। नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन्। सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।