पोखरा । आर्वाली आदर्श नाट्य केन्द्र र मोहरपानी आदर्श टोल विकास संस्थाको संयुक्तरुपमा आयोजित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दिपावली, तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक रामजी पौडेल, अमर धिताल, कमला सुनार, कृष्ण भट्टराई, लक्ष्मी नेपाली लगायतले प्रस्तुती राखेका थिए । कार्यक्रममा समावेश विभिन्न नृत्य, हाँस्य प्रहसन लगायत विविध मनोरञ्जनात्मक प्रस्तुतिले माहोल तातिएको थियो ।
सोही अवसरमा आर्वाली ३३ जना स्थानिय कलाकारहरुले अभिनय गरेको नाटक ’हाम्रो समाज–२’ प्रस्तुत गरिएको थियो ।
नाटकमा समाजमा ब्याप्त विविध बिषयहरुलाई प्रमुखताका साथ उठान गरेको नाटकका लेखन तथा निर्देशन शिबराज बरालले जानकारी दिए ।
नाटकमा जुवातास ,जाडरक्सी, जातिय विभेद, गरीवी, बेरोजगारी, साहु महाजनको ऋण तिर्न नसके पछी घर परिवार छाडेर बिदेश पलायन हुनु पर्ने बाध्यता लगायत विविध जनचेतना मुलक बिषयहरु उठान गरेको लेखन तथा निर्देशन बरालले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले यस प्रकारका कार्यक्रमहरुलाई वडाले सधैं साथ दिने बताए । उनले समाजमा सकारात्मक जनचेतना फैलाउने काममा लागि परेका नाट्य केन्द्र तथा टोल विकास संस्थालाई धन्यवाद दिँदै वडाले संस्थासँग सहकार्य गर्दै आगामी दिनमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
जागरण आमा समुह पोखरा– १३ आर्वाको भवनमा सम्पन्न कार्यक्रम आर्वाली आदर्श नाट्य केन्द्र का संयोजक शिबराज बरालको अध्यक्षतामा भएको थियो । संस्थाका सचिव बिक्रम बराल, मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, युवराज बरालले लगायतले बोलेका थिए ।

संस्थाले चाड पर्वका अवसरमा २०७६ सालबाट शुरु गरेको कार्यक्रम पछिल्लो २ वर्ष कोभिड–१९ का कारण रोकिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






