पोखराको पावरहाउसबाट अवैध लागूऔषध सहित यासिर पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध मोहम्मद यासिर मिया पक्राउ परेका छन्।

कास्की प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा तनहुँ व्यास–६, स्थायी घर भएका पोखरा–१०, बुद्धचोक बस्ने मोहम्मद यासिरको झोलाबाट ५ केजी १ सय ग्राम गाँजासहित बरामद गरेको छ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मोहम्मद यासिरलाई लागूऔषध सहित पक्राउ गरेको हो।

मोहम्मद यासिरलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।