अबको पाँच वर्षमा पर्वतवासीका सवै आवश्यकता पुरा गर्छौै: एमाले उम्मेदवार


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित





आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी परिणाम आफ्नो पक्षम पार्नका लागि नेकपा एमाले पर्वतले अभियानलाई तीब्रता दिएको छ ।

नेकपा एमालेवाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान आज जलजला गाउँपालिकाको वडा नं. ८ नाङलीवाङ र वडा नं. ७ धाईरिङमा सम्पन्न भएको छ ।

धाईरिङका केरावारी, मिलनचोक, बास्कोट, घाखेत, धारापानी, सल्यान लगायतका ठाउँमा घरदैलो तथा कोणसभा गरिएको छ भने नागलीङवाङको लस्ती र फर्सेमा भेटघाटभएको छ ।

एमाले उम्मेदवारहरु गाउँ पुग्दा मतदाताहरुले उत्साहित भएर स्वागत गरेका थिए । उनिहरुले मुख्यगरी सडक पूर्वाधारलाई नै जोड दिएका छन् । मिलनचोक–सल्यान–घाखेत सडक लामो समयदेखि अलपत्र परेको भन्दै उक्त सडक समयमै सम्पन्न गर्नका लागि पहल गर्न माग गरेका छन् ।

नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका वेला योजना परेर काम शुरु भएको र विचमा सरकार फेरिएपछि अलपत्र बनेको भन्दै एमालेले नै यसको अगुवाई गर्नुपर्ने स्थानीयको माग रहेको छ ।

त्यस्तै खानेपानी, टोल सडकहरु, स्वास्थ्य क्षेत्रका समस्याहरु स्थानीयले राखेका थिए । मतदाताहरुलाई सम्वोधन गर्दै एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले अघिल्लो पाँच वर्षमा पर्वतको समग्र विकासका लागि काम शुरु भएको र कतिपय अधुरा रहेका कामलाई अवको पाँच वर्ष भित्रमा पुरा गरिने बताए ।

उहाँले मतदातावाट कुनै गुनासो नआउनेगरी काम गर्ने प्रतिवद्धता दोहो¥याउँदै एमाले सरकारले शुरु गरेको मिलनचोक–सल्यान–घाखेत सडक निर्वाचन लगत्तै पुर्णता दिन पहल गरिने बताए । नेकपा एमाले मात्रै विकास निर्माण र समृद्धिका लागि काम गर्ने पार्टी भएकाले अरु कसैको भ्रममा नपर्न उनले आग्रह समेत गरे ।

उनले अहिले स्थानीयवासीले राखेका मागहरु एक एक गरी संकलन गरेको र निर्वाचन लगत्तै प्रदेश र संघीय सरकार वाट पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विकास र समृद्धिका लागि एमालेलाई बिजयी गराउन आग्रह गरे। उनले एमालेले केहि गरेन भन्नेहरुलाई घरै अगाडिको पानीको धारा, सडक, विद्यालयका संरचना देखाउन चुनौती दिए ।

त्यसैगरी प्रदेश सभा सदस्यका उम्मेदवार भक्त कुँवरले बालबच्चा देखि बृद्धबृद्धासम्म रेखदेख गर्ने पार्टी नेकपा एमाले मत्रै भएको बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र अन्य वर्गको सामाजिक सुरक्षाका लागि एमालेलाई बिजयी गराउनुपर्ने बताउनुभयो । उनले एमालेको सरकार बनेपछि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाईने उल्लेख गर्दै सवै श्रमिक वर्गको न्यूनतम ज्याला मसिक रु २५ हजार बनाउने घोषणा भएकाले पनि सवै वर्गको पार्टी एमालेमात्र भएको बताए ।

अभियानमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, नेता गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, जिल्ला सचिब गोविन्द पहाडी, समानुपातीक उम्मेदवार कमला पन्त लगायतका नेताहरुको सहभागिता रहेको छ ।

त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल पनि निरन्तर घरदैलोमा पुग्नुभएको छ । आगामी निर्वाचनमा आफुलाई विजयी बनाउनका लागि घरदैलोलाई निरन्तरता दिनुभएको हो । बुधवार पैंयुका भोर्ले र विहादीको उराम तथा शालिग्राममा घरदैलो गर्नुभएको थियो । उहाँसँगै पूर्वमन्त्री विकास लम्साल लगायतका नेताहरुको पनि सहभागिता रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।