पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत आज पोखरा महानगरपालिका वडा नं. ७ र ८ भएको घरदैलो कार्यक्रममा उनले आवश्यक निती निर्माणसंगै समृद्धिको अभियानमा जुट्ने मतदातासंग प्रतिवद्धता व्यक्त गरिन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नोपली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख गर्दै यस क्षेत्रका प्राकृतिक श्रोत साधानलाई समृद्धिको आधार बनाइने विश्वास व्यक्त गरिन् ।
पर्यटकीय नगरि पोखरा र आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि एवम् भौतिक पूवाधारको निर्माणमार्पmत रोजगारी सिर्जना गरि युवालाई स्वदेशी माटोमा रगत पसिना भिजाउन प्रेरित गरिने खालका योजना अघि सारिने उनको भनाई थियो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की निर्वाचन क्षेत्र नं. २(क) प्रदेश सभा सदस्यका उम्मेदवार भिमबहादुर कार्कीले जनताले दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनताको वलले परमादेशी गठवन्धनको सरकारलाई विस्तापित गरि जनमतको सरकार स्थापित गरिनेमा जोड दिंदंै उनले एमालेले राष्ट्र, राष्ट्रियता र जनभावनाको पक्षमा काम गर्दै आएको स्पष्ट पारे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







