कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा शुरू हुन्छ।
छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यो पदयात्रा मार्ग विश्वमै प्रख्यात मानिन्छ।
पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ। धेरै पदमार्गहरू सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन्। उनीहरू मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोवासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन्।
पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत्लगायत समस्या छन्। होटलहरू खुल्ने क्रम बढेपनि व्यवस्थित छैनन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका प्रज्वल क्षत्रीले वर्षेनी हजारौं पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पुगेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए।
‘अब यहाँभन्दा माथि मोटरबाटो खन्ने काम रोकेर सरकारले मर्दी पदयात्रालाई जोगाउनु पर्दछ,’ क्षत्रीले भने, ‘केन्द्रीय विद्युत् अझै पुगेको छैन, एक्यापलगायतबाट समस्या भएको छ। सरकारले व्यवस्थित गरेर पर्यटकलाई सुविधा दिनुपर्दछ।’
मर्दी पदयात्रा माछापुच्छ«ेका सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत शुरू गर्न सकिन्छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







