बगर भाई खलक एट–ए साइड फुटबललाई हिमालयन ब्रुअरीको मुख्य प्रायोजन


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित




तस्विर : सुदर्शन रञ्जित

पोखरा । बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुप अन्र्तगतको हिमालयन ब्रुअरीले आगामी पाँच वर्षका लागि बगर भाई खलकसँग मुख्य प्रायोजन गर्ने सम्झौता गरेको हो ।

सोमबार पोखरामा एक कार्यक्रमका विच संस्थाका अध्यक्ष अध्यक्ष दिल बहादुर गुरुङ र हिमालयन ब्रुअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै अरुण चौधरी फाउन्डेशन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण कुमार चौधरीले बगर भाइ खलकसँग जोडिन पाउँदा खुःशी लागेको बताए । उनले भने–“सामाजिक उत्तरदायित्वका लागि हिमालयन व्रुअरीले यो सम्झौता गरेको छ । खेलकुद मार्फत व्यवसायको वृद्धि मात्रै नभई समाजलाई अघि बढाउने यसको उद्धेश्य समेत् हो । यसका लागि दुवै संस्थाले आफ्ना योजनाहरु अघि बढाउन सहकार्य आवश्यक छ ।”

हिमालयन ब्रुअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले बगर भाई खलक संग मुख्य प्रायोजन गर्न पाउनु आफ्नो उद्योगकालागि महत्वपूर्ण रहेको बताए । उनले भने–“यो सम्झौता हिमालयन ब्रुअरीले आफ्ना उत्पादन बजारमा समेत पु¥याउने उद्धेश्य मात्रै नभई खेलाडीहरुको भविष्यलाई सुनिष्चित गर्ने उद्धेश्य समेत् हो ।” आगामी दिनमा बगर भाई खलकले आयोजना गर्ने हरेक कार्यक्रममा जोडिने संग–संगै पोखरामा आफ्ना उत्पादनको बजारीकरण गर्न सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै सहारा युकेका संस्थापक अध्यक्ष तथा सर्पोट नेपाल युकेका संस्थापक सदस्य नविन गुरुङले दुवै संस्था विचको यो सम्वन्ध लामो समय सम्म अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । उनले बगर भाई खलकले खेलकुद र समाज विकासका लागि खेलेको महत्वपूर्ण योगदानकै कारण हिमालयन ब्रुअरी जोडिने अवसर प्राप्त भएको बताए ।

संस्थाका सल्लाहकार तथा प्रदेश खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले दुई संस्था विचको सम्झौताले आगामी दिनमा खेलकुद विकासका लागि कोशेढुङ्गा सावित हुने बताए ।

अरुण चौधरी फाउन्डेशन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण कुमार चौधरी बगर भाइखलकका अध्यक्ष दीलबहादुर गुरुङबाट मायाको चिनो ग्रहण गर्दै । तस्विर : सुर्दशन रञ्जित

संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए ।
संस्थाले यही माघ ३ गतेदेखि बाह्रौं संस्करणको एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।

यसका साथै संस्थाले ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ नारा सहित खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशिल छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।