पोखरा । नेलम्बो नेपाल र मृगौला पडित सरोकार समाज कास्कीको संयुक्त आयोजनाममा सञ्चालन गरिएको मृगौला रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
मृगौलासम्बन्धी समस्याहरुका बारेमा जानकारी गराउनका उद्देश्यले आयोजना गरिएको कार्यक्रमको पोखरा ४ का वडाध्यक्ष देव कृष्ण पराजुलीले उद्घाटन गरे । उनले समाजमा विभिन्न रोगसँग सम्बन्धित सचेतनामुलक कार्यक्रमको खाँचो रहेको बताए ।
उनले समाजमा भौतिकसँगै बौद्धिक विकासको पनि जरुरी रहेको बताउँदै यस्ता कार्यक्रमले स्वस्थ समाज निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेलम्बो नेपालका उपाध्यक्ष सरोज कोइरालाले रोग लाग्नु भन्दा लाग्न नदिनु उत्तम हुने भन्दै नेलम्बोले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । संस्थाका फण्डिङ्ग एण्ड पार्टनरसीप संयोजक डा. किसन कोइरालले संस्थाले गरेका गतिविधि र संस्थाका बारेमा बोलेका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मृगौला रोग विशेषज्ञ वरिष्ठ डा.अमृत के.सीले मृगौला रोगका लक्षण, रोग लागेपछि उपचार पद्धति लगायतका बारेमा जनाकारी दिए ।
मृगौला प्रत्यारोपण गरेका प्रदिप गुरुङ्गले आफुले प्रत्यारोपण गर्दाका समस्याहरु र प्रत्यारोपण गर्दाका चरणहरु पनि प्रस्तुत गरे । उनले मृगौलालाई बचाउनको लागि स्वस्थ्य जीवन जिउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नविन माध्यमिक विद्यालय गैह्रापाटन, सृजनशिल महिला समूह गणेश टोल, जनहित महिला समूह कालीमाटी, सर्वेश्वर नारी समूह गैह्रापाटन, समाज सेवा समिति पोखरा चिप्लेढुङ्गा, मिसः पुचा पोखरा ४ रामकृष्ण टोल, नेपाल आर्दश महिला समूह लगायतको संस्थागत सहभागिता थियो ।
मृगौला रोग पिडित सरोकार समाज कास्कीका अध्यक्ष संजय कुमार रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको कमल प्रसाद गुरुङले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







