छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : प्रचण्ड


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित





गोरखा सम्वाददाता । पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको छिट्छिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ रोजेको बताउनुभएको छ ।

आज जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित घ्याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “राजनैतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनैतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाइ समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ” ।गोरखा २ बाट जितेर विकास निर्माणलाइ पूर्णता दिनेछु ।

मैले जितेका निर्वाचन क्षेत्र चितवनमा ६११ किलोमिटर बाटो कालोपत्रे भएको छ । म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता गर्दछु, प्रचण्डले भन्नुभयो । राष्ट्रिय प्रसारणको विद्युतलाइ यस गाउँमा ल्याउन आफूले पहल गर्ने शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकिय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देशैभरी र विश्वभरी दिने उहाँले बताउनुभयो ।

राजनैतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमी बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका गोरखा निर्वाचन क्षेत्र उपयुत रहेको मेरो ठम्याइ छ । यो आर्थिक क्रान्तिको यात्रामा तपाइँहरु सबैको साथ र सहयोगको अपेक्षा गरेको छु अध्यक्ष प्रचण्डले भन्नुभयो ।

चुनावी कार्यक्रमका लागि आज गोरखा आइपुग्नुभएका नेता प्रचण्ड मुच्चोक, जौवारी, ताकु लगायतका क्षेत्रमा जाने कार्यक्रम रहेको नेपाली काँग्रेसका गोविन्द गुरुङले जानकारी दिनुभयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।