पोखरा। जीवनरक्षाका लागि रक्तदान भन्ने उद्देश्यका साथ नेपाल युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालय पोखराको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि आकस्मिक रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा १३३ युनिट रगत सङ्कलन भएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताएका छन्।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डण्डराज शर्मा र विद्यालय निर्देशक त्रिभुवन शर्माले संयुक्तरूपमा पहिलो रक्तदाता विद्यालयका प्राचार्य नारायण बराललाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा शिक्षककर्मचारी तथा दसजोड दुईमा अध्ययनरत विद्यार्थीहरूले रक्तदान गरेका थिए।
विद्यालय प्रङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन शिक्षकनायक रोशन थायाले गरेका थिए भने युवा सर्कलले बेलाबेलामा बालकेन्द्रित तथा परोपकारी यस्ता कार्यक्रम गर्दै आएको कुरा विद्यालय स्रोतले बताएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







