चन्द्रमामा चीनको झन्डा


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित




चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाढेको छ ।

अमेरिकी सफलताको ५० वर्षपछि चीनको ‘नेस्नल स्पेस’ विभागले सार्वजानिक गरेको तस्बीरमा चन्द्रमाको सतहमा चिनियाँ झन्डा स्थिर भएर अडिएको देख्न सकिने बीबीसीले जनाएको छ।

यसको तस्बीर बिहीबार चीनको चाङ इ–५ यानले खिचेको थियो जुन अहिले चन्द्रमाको ढुङ्गाको स्याम्पल सहित पृथ्वी फर्कदैछ।

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ।

सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको यस परियोजनाका प्रमुख लि युनफेङले ग्लोबल टाइम्सलाई बताए। प्रोजेक्ट डेभेलपर छेङछाङका अनुसार पृथ्वीमा प्रयोग गरिने साधारण किसिमको झन्डा चन्द्रमाको वातावरणमा रहन सक्दैन । सात वर्षमा चाङ इ–५ मिसन चीनको तेस्रो सफल चन्द्रमा अवतरण हो।

यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएको थियो तर तिनीहरु सतहमा अडिन सकेका थिएनन्।

१९६९ को अपोलो ११ मिसनमा अमेरिका, चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो। त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो।
चन्द्रमामा चीनको झन्डा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।