पोखराको २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्कसहितका आकर्षक पोखरी निर्माण गर्न स्थानीयको आग्रह


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




पोखराको २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्कसहितका आकर्षक स्मार्ट ३ पोखरी निर्माण गर्न स्थानीयले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न्।

निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीलाई स्थानीयहरूले यस्तो आग्रह गरेका हुन्।

साविकको भरतपोखरी, निर्मलपोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्कसहितका आकर्षक स्मार्ट ३ पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे।

पोखरीहरूको भेगको रूपमा परिचितसमेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ ३ पोखरी निर्माण गर्नुपर्ने स्थानीयको माग छ। यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धनसहित आफ्नै मौलिक पहिचानको पर्यटकीय गन्तव्य निर्माणको योजना साकार हुने उनीहरूको भनाई छ।

कार्कीले अव प्राचीन पहिचानसहित सो क्षेत्र ३ पोखरीको भेगको रूपमा परिचित गराउन योजना थप्ने भन्दै आफू स्थानीयको सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका २ वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने भन्दै पर्यटकहरूको क्षेत्रमा मनोरञ्जन पार्क सहितका पोखरी निर्माण गर्न पहल गर्ने कार्कीको बताए।

२०६६ सालमा पर्यटकीय क्षेत्र घोषणा भएर विभिन्न पूर्वाधार निर्माण हुँदै गरेको तथा कृषि र पर्यटनको प्रचुर विकासको संभावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिवद्धता छ।

म्मेदवार कार्कीले हिँजोका आफ्नो पार्टी निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रका बिषयसहित महानगरीय एकीकृत विकासको मोडल अवधारणा अघि सारेको उल्लेख गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।