नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन्।
सोमवार पोखरा ३१ बेगनासका स्थानीयको घर–दैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको उल्लेख गरे। त्यो पार्टी एमाले नै भएको उनले दावी गरे।
उनले भने, ‘जनताले एमालेको बलियो नेतृत्व चाहेका छन्।’
गुरूङले मंसीर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरे। उनले भने, ‘हाम्रा एजेन्डा, जनताको आकर्षण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ।’
गण्डकी प्रदेश सभाका निवर्तमान सांसद समेत रहेका उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्ने समेत उल्लेख गरे।
मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने उनको प्रण छ । उनले मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिए। उनले यसको खाका र ईच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरे।
त्यस्तै, क्षेत्र नम्वर १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले कास्की जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवार विजय हुने बताए। अब केन्द्र र सबै प्रदेशमा एमालेको सरकार हुने उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







