वाईवाई गण्डकी प्रदेशस्तरिय क्रिकेट छनोट प्रतियोगितामा स्याङ्जाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेलअन्तर्गत सोमबारबार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १०५ रनको सामान्य योगफल तयार पार्यो।
तनहुँको पारी ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो। सुप्रेम सुनारले १७ रन जोडे। स्याङजाका बलरहरु किरण भट्टराई र सुजन गौतमले समान ३ विकेट लिए।
स्याङ्जाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउट रन जोडे।
तनहुँका बलरहरु प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए। खेलमा ३ विकेटसहित ४५ रन जोडेका स्याङ्जाका सुजन गौतम ‘म्यान अफ द म्याच’ बने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







