विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ पहिलेको भन्दा बढेको छ । नेपाल र चीनले संयुक्तरुपमा एकै पटक आज सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको सार्वजनिक गरेको हो । सगरमाथाको उचाई बढेसँगै अब विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ मिटर पुगेको नापी विभागले जनाएको छ । यसअघी विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर थियो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई पहिले भन्दा बढेको दाबी गरे ।
नेपाल र चीनले सगरमाथाको उचाई बढेको भन्दै एकैपटक सार्बजनिक गरेपनि उचाई मापन भने छुट्टाछुट्टै रुपमा आ आफैले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







