दुबै मिर्गौला पीडित खनाल परिवारको याचना : खर्च अभाव भो, सहयोग गरिदिनुस्


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित




स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १०, मदीखोला निवासी मिर्गौला पिडित युद्धप्रसाद खनाल (गोविन्द) का परिवारले उनलाई वचाउन अपिल गरेका छन् । सवारी चालकको पेशा गर्दै आएका खनालको दुबै मृगौलामा समस्या आई विभिन्न अस्पतालहरुमा उपचार गर्दा लाखौं खर्च भइसकेको छ । ४७ वर्षिय विरामी खनालका श्रीमती, १ छोरा र १ छोरी रहेका छन्।

चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेकोमा हाल भरतपुर अस्पतालमा भर्ना भएका खनाललाई डाक्टरहरुले मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन् । मिगौला प्रत्यारोपण गर्दा २५÷३० लाख खर्च लाग्ने तर आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले जिवन रक्षाको लागि सहयोगको लागि अपिल गरेका हुन् । मिर्गौला पीडित खनालका परिवारले खर्च अभावमा बचाउन गाह्रो भएको भन्दै सहयोगको याचना गरेका छन् ।

विरामीलाई सहयोग गर्न इच्छुक जोकोहीले नवलपरासीको दलदलेमा रहेको ग्लोबल आइएमइ बैंकको दलदले शाखाको खाता नं. एम १०७०१०००७११९ मा सिधै रकम जम्मा गर्न सक्नु हुनेछ भने विरामी स्वयम्लाई सहयोग गर्नको लागि सम्पर्क नं ९८५६०३१२६३ र कृष्ण खनालको मोवाईल नं. ९८२७१४६६४७ मा फोन गर्न सकिने मिर्गौला पिडितकी श्रीमती सीता खनालले वताईन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।