कास्की–३ प्रदेशसभा (२) बाट प्रकाश बराल निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका प्रकाश बराल विजयी बनेका छन्।

बरालले निकटतम प्रतिद्वन्द्वी एमालेका राजीव पहारीमाथि ४६५ मतान्तरले जित हासिल गरेका हुन्।

मत गणनाको अन्तिम नतिजामा बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत ल्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५६० मत ल्याए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।