कास्की–१ प्रतिनिधिसभा सदस्यमा मनबहादुरकै अग्रता


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




कास्की जिल्ला निर्वाचन क्षेत्र १ प्रतिनिधिसभा सदस्यमा एमालेका मनबहादुर गुरुङकै अग्रता छ।

निर्वाचन आयोग कार्यालय कास्कीका अनुसार गुरुङले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किशोरदत्त बरालमाथि २ हजार ५२५ मतान्तरले अग्रता लिएका छन्।

कार्यालयको पछिल्लो अपडेटअनुसार गुरुङले २४ हजार २२७ मत ल्याएका छन्। त्यस्तै, बरालले २१ हजार ७०२ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ८ हजार ८३५ ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले २ हजार ६४६ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।