कास्की–१ बाट प्रतिनिधिसभा समानुपातिकमा एमालेलाई बढी मत


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित




मंसीर ४ मा सम्पन्न निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेलाई बढी मत गएको छ।

निर्वाचन आयोगको कार्यालयद्वारा प्रविष्ट गरेको पछिल्लो नतिजाअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ कास्की–१ बाट नेकपा एमालेलाई २१ हजार ४४३ मत गएको छ।

प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसले १६ हजार २६८ मत ल्याएर दोस्रो स्थानमा छ।

कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। उसले १५ हजार ८६४ मत ल्याएको छ।

नेकपा (माओवादी केन्द्र) ५ हजार १०५ मतसहित चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ हजार ८६६, हाम्रो नेपाली पार्टीको १ हजार १२७, नेकपा (एकीकृत समाजवादी) को १ हजार ०१३, जनता समाजवादी पार्टी नेपालको ५३२, मंगोल नेशनल अर्गानाइजेसनको ४६५ मत छ।

त्यसैगरी, जनमत पार्टीको १६०, राष्ट्रिय जनमोर्चाको ११८, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) को ८६, आमूल परिवर्तन मसिहा पार्टी नेपालको ६८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ५९, नेपालका लागि नेपाली पार्टीको ५१, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको ४३, एकीकृत शक्ति नेपालको ३०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको २९, राष्ट्रिय जनमुक्ति पार्टीको २८, विवेकशील साझा पार्टीको २५, नेपाली जनता दलको २५ मत छ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) को २४, नेपाल मजदुर किसान पार्टीको १७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १६, मौलिक जरोकिलो पार्टीको १४, नागरिक उन्मुक्ति पार्टीको १३, जनसमाजवादी पार्टी नेपालको १२, जनता प्रगतिशील पार्टी नेपालको १० मत छ।

नेपाल कम्युनिष्ट पार्टीको ९, जनजागरण पार्टी नेपालको ९, नेपाली काँग्रेस (वी.पी.) को ७, नेपाल संघीय समाजवादी पार्टीको ७, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालको ६, नेपाल समावेशी पार्टीको ५, बहुजन पार्टी एकता नेपालको ५, राष्ट्रिय नगारिक पार्टीको ३, पिछडा बर्ग निषाद दलित जनजाति पार्टीको ३, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनको ३, बहुजन शक्ति पार्टीको २ र मितेरी पार्टी नेपाल, नेश्नलिस्ट पिपल्स पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च (थरुहट)को १/१ मत छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।