विश्वकप फुटबलमा क्रोएसियाको पहिलो जित


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित




फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो।

क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले २ गोल गरे। मार्को लिभाजा र लेभ्रो माजेरले १/१ गोल गरे। क्यानडाका अल्फान्सो डाभिसले १ गोल फर्काए। जितसँगै समूह एफ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।