विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित




कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्।

अल बेयत रंगशालामा आज (सोमबार) बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए।

खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए। बराबरीसँगै समूह ‘ई’ बाट दुवै टोलीको नकआउट संभावना कायम छन्। स्पेनले २ खेलमा ४ अंक जोडेको छ। जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।