प्रवासी एनआरएनएद्वारा सहरा एकेडेमीको अवलोकन


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित




एनआरएनए एशिया प्यासिफिक उप–संयोजक ददिवल खड्का नेतृत्वको टोलीले सहारा क्लब एकेडेमीको अवलोकन गरेको छ ।

खड्का, एनआरएन आइसीसी सदस्य नरबहादुर थापा, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली सहितको टोलीले मंगलबार एकेडेमीको अवलोकन गरेको हो।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबको क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गर्दै टोलीले प्रवासबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष केशवराज बराल, खेलाडी मुकुन्द निउरेलगायतले बस्तुस्थितिबारे जानकारी गराएका थिए।

उनीहरुलाई सहारा क्लब परिवारले स्वागत गरेको थियो। पोखरा–१७, दोबिल्लामा रहेको एकेडेमीमा हाल १३ जना बालक आश्रित छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।