अफ्रिकी मुलुक घानाले कतारमा जारी विश्वकप फुटबलमा एसियाली पावरहाउस दक्षिण कोरियालाई हराएको छ।
समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ भएको खेलमा दक्षिण कोरिया घानासँग ३–२ गोलले पराजित बन्यो।
घानाको जितमा मोहमद कुडुसले २ तथा मोहमद सालिसुले १ गोल गरे। दक्षिण कोरियाका लागि दुवै गोल चो ग्युसुङले फर्काए।
२४ औं मिनेटमा सालिसुले दक्षिण कोरियाका रक्षकको गल्तीमा खाता खोले। ३४ औं मिनेटमा कुडुसले जोर्डन आयुको लामो पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि दोस्रो हाफको सुरुवातमा दक्षिण कोरियाले लगातार २ गोल फर्कायो। ५८ औं मिनेटमा चो ग्युसुङले गोल गर्दै कोरियालाई खेलमा फर्काउने प्रयास गरे।
उनले ३ मिनेट लगत्तै ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बरबरीमा ल्याए। ग्युसुङले दुवै गोल हेडमार्फत गरे।
तर, ६८ औं मिनेटमा कुडुसले इनाकी विलियम्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई जिताए। जितसँगै २ खेलबाट ३ अंक बनाएको घाना दोस्रो स्थानमा उक्लिएको छ।
शीर्षस्थानमा रहेको पोर्चुगलको पनि ३ अंक छ। दक्षिण कोरिया र उरुग्वेले १/१ अंक बनाएका छन्।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







