फाइल तस्बीर
नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मंगलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ।
पार्टीको मंसीर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिएका छन्। बैठकमा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थिए।
बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनलाई भव्य बनाउन तयारीमा जुट्न निर्देशन दिए।
नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने निर्णय गरेको थियो।
पोखराको वीपीचोकबाट सुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत हुने प्रवक्ता सिग्देलले बताए।
काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचारविरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दैछ।
कास्की काँग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







