इन्फ्रास्ट्रक्चर बैंक, हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने तयारीमा जुट्दै


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित




नेपाली शेयर बजारमा सर्वसाधारणका लागि हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक जुट्दैछ ।

बैकको मंसीर ३ गते बसेको साधारणसले आइपीओ निष्काशनको प्रस्ताव पारित गरेपछि बैंकले आइपीओ निष्काशनका लागि आवेदनसहित नेपाल धितोपत्र बोर्डमा पुगेको छ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हालसम्मकै सबै भन्दा ठूलो हुनेछ।

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने बैकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।