पोखरा जेसीजको अध्यक्षमा गणेश गिरी


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा जेसीसको वर्ष २०२३ को अध्यक्षमा गणेश गिरी निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न ४८ औं साधरण सभा तथा ४३ औं शाखा अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यकसमिति चयन गरेको हो ।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा सुमन पहारी, उपाध्यक्षहरुमा सञ्जय पौडेल, राजकुमार गुरुङ, राजकुमार बोहोरा र प्रवेश लामिछाने चयन भएका छन् । यस्तै संस्थाले निर्देशकहरुमा मिना थापा मगर, जीवन महर्जन, नवराज पौडेल र राजेन्द्र रानाभाटलाई चयन गरेको छ ।

यसअघि साधरणसभाको उद्घाटन पोखरा उच्च अदालतका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले गरेका थिए ।

कार्यक्रममा जेसीज वर्ष २०२३ का राष्ट्रिय कानूनी सल्लाहकार गोविन्द देवकोटा, नेपाल जेसीज वर्ष २०१६ का राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङ, संस्थाका महासचिव प्रकाश घिमिरे लगायतले संस्थाले समाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।

कार्यक्रममा संस्थाले विभिन्न पदक अवार्ड तथा छात्रवृत्तिहरु प्रदान गरेको छ । ‘साथी छात्रबृत्ती’ ३ जनालाई वितरण गरिएको छ । बर्ष २०२१ मा स्थापित सो छात्रवृत्ति पोखरा ११ स्थित शिवशक्ति मा.वि कक्षा १२ मा अध्यनरत धनबिर नाल्बो, पोखरा १२ स्थित शितलादेवी सामुदायिक मा.वि कक्षा १२ का शिशिर अधिकरी, पोखरा १३ स्थित भद्रकाली मा.वि कक्षा ११ का लक्ष्मी भण्डारीलाई प्रदान गरिएको हो ।

एसईईमा कास्की जिल्लाबाट उत्कृष्ट अंक ल्याएकी अमरसिंह नमुना मा.वि.का स्नेहा रिमाललाई ‘मीन अवार्ड’, ‘जेसीज बिद्या पदक’ बाट कक्षा १२ मा कास्की जिल्ला बाट उत्कृष्ट अंक ल्याउने अमरसिंह नमुना मा.वि.का ज्ञानमाया नुगेली, सोही विद्यालयका सुदिप खनाललाई सम्मान गरियो ।

“डेनियल इ केनि छात्रबृत्ती” पोखरा १८ स्थित मणिज्योती आधारभुत विद्यालयका नानुमाया थापा मगर, प्रशंशा नेपाली, साहिल नेपाली र लक्ष्मण नेपालीलाई प्रदान गरिएको छ । बेलायती नागरिक डेनियल इ केनि द्वारा स्थापित यो अवार्ड गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिँदै आएको छ ।

पोखरा जेसीजका बिभिन्न बिधा अन्तर्गत बर्ष भरी उत्कृष्ट समन्वय गरे वापत ’मिलेर गरौँ अवार्ड’बाट कमलराज पराजुली, सञ्चालक समिति सदस्यहरु मध्य उत्कृष्टलाइ प्रदान गरिने ’टेकलक्ष्मी–श्याम अवार्ड’बाट श्रीकृष्ण सुनार, उत्कृष्ट साधारण सदस्यलाइ प्रदान गरिने ’नारायण–लक्ष्मी अवार्ड’बाट मिना थापामगर र नवआगन्तुक सदस्यहरु मध्य उत्कृष्टलाइ प्रदान गरिने ’नेटिज रनिङ्ग अवार्ड’बाट सुजन पोख्रेललाइ सम्मान गरिएको थियो । पोखरा जेसीजको सदस्यहरु बिच आयोजना गरिने वक्त्तृत्वकला प्रतियोगितको बिजेतालाइ प्रदान गरिने ’अमृत–शोभा ओ¥याटरी अवार्ड” दिनेश थापालाई सम्मान गरिएको क्लवका महासचिव प्रकाश घिमिरेले जानकारी दिए ।

वर्ष २०२२ का अध्यक्ष मिनराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव इभिक कर्माचार्यले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।