गण्डकी प्रदेशका सांसद डा.पुष्पा केसी भण्डारीले महिलामाथि हुने हिंसामा पुरुषलाई मात्रै दोष दिन नहुने बताएकी छन् । लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानका क्रममा मेची महाकाली बुहारी संयुक्त आवाज कास्कीले बुधबार पोखरामा आयोजना गरेको ‘व्यक्ति, समाज र महिला सशक्तिकरणमा हाम्रो ऐक्यवद्धता, लैगिक हिंसा अन्त्यको प्रतिवद्धता’ विषयक अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै सांसद भण्डारीले पुरुषहरुलाई यतार्थ बुझाउन नसक्दा उनीहरुले महिला माथि हिंसा गर्ने गरेको औल्याईन् । । ‘ पुरुषलाई प्रतिद्वन्दीका रुपमा नहेरौं, बरु नारीका समस्या नारीले बुझ्नुपर्ने, तर बुझेर पनि नारीलेनै नारी माथि हिंसा गरेका छन्’– सांसद भण्डारीले भनिन् ।
उनले महिला हिंसा न्यूनिकरणका लागि प्रदेश सरकारले छोरीलाई आत्मरक्षा सम्बन्धि तालिम दिन बजेट छुट्टयाएको जानकारी दिईन् । अहिले शुरुवाती चरण भएकाले थोरै बजेट छुट्टयाइएपनि आगामी दिनमा यसलाई अभियानकै रुपमा अगाडी सारिने भण्डारीले बताईन् । गरिवी तथा अशिक्षाका कारण पनि महिलाले वर्षौदेखि हिंसा सहदै आएको भण्डारीको भनाई थियो । तर अहिले नारीहरु शिक्षित हुँदै आएकाले आफुमाथिका हिंसाका घटनाहरु बाहिर ल्याउने गरेको तथ्य खुलाईन् ।
कार्यक्रममा आयोजक समितिका कानुनी सल्लाहकार तारा सर्माले नेपालमा महिलामाथि हुने हिंसा र प्रचलित कानुनका बारेमा अवगत गराईन् । संजिवनी दिदी बहिनी केन्द्रका अध्यक्ष बिना गुरुङ्गले महिलाको क्षेत्रमा काम गर्ने अगुवाले आफ्नों घरभित्रको समस्या मात्रै होइन समाजकै समस्यालाई ध्यान दिनुपर्नेमा जोड दिईन् । रेडियो जननीका अध्यक्ष मिलन थापाले महिलालाई स्वतन्त्र रुपमा अगाडि बढ्न पारिवारिक, सामाजिक तथा धार्मिक चुनौतीहरु समेत रहेको उल्लेख गरिन । डिसु नेपालका अध्यक्ष नोमा थापाले नेपालमा महिलामाथि घटेका विभिन्न उदाहरण प्रस्तुत गर्दै पिडकलाई कारवाहीको दायरामा ल्याउन नसकिएकोमा दुःखेसो प्रकट गरिन ।
कार्यक्रमको अध्यक्षता गर्दै आयोजक समितिका कास्की संयोजक मनु शर्माले नेपालमा महिला हिंसा विरुद्धको कानुन बलियो भएको तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो भएको उल्लेख टिप्पणी गरिन् । अब महिलाले कुनैपनि हिंसा नसहन आग्रह गर्दै आफुमाथि भएको हिंसाको बिरुद्ध आवाज बाहिर ल्याउन आग्रह गरिन्। ‘तपाईहरुमाथि हुने अन्यायको पक्षमा हामी वकालत गर्नेछौं, अब पिडा सहेर नबस्नुहोस्’–उनले भनिन् । कार्यक्रममा संस्थाका कोषाध्क्ष गीता थापाले स्वागत तथा सदस्य लक्ष्मी शाही ठकुरीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







