नेलम्बो नेपालको सहयोग निरन्तर


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित




नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । कोभिड १९ महामारी फैलिरहेका बेला स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेलम्बो नेपालले पोखरा महानगरपालिका वडानं.२५ वडाकार्यालय, स्वास्थ्य चौकी, तथा त्यस माताहातका संस्थाहरुलाई डिस्पोजिवल मास्क एक हजार थान, के.एन ९५ मास्क २०० थान, सेनिटाइजर २६.५ लिटर, फेस सिल्ड ५० थान, हात धुने साबुन १०० थान, थर्मल गन ५ थान प्रदान गरेको हो । बुधबार आयोजित कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वडाध्यक्ष शोभाकर तिम्सीना लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले पोखरा महानगर पालिका वडा नं. २५ मा कोभिड १९ को संक्रमण तिब्ररुपमा फैलिएको र त्यसबाट सुरक्षित भई दैनिक सेवा प्रदान गर्नको लागि सहज होस् भन्ने हेतुले वडा कार्यालयलाई स्वास्थ्य ससामग्री सहयोग गरेको बताए ।
वडा अध्यक्ष शोभाकर तिम्सिनाले नेलम्बो नेपालले स्वास्थ्य सामग्री सहयोग रेकोमा धन्यवाद दिए
नेलम्बो नेपालले बुधबारै पोखरा महानगरपालिका वडा नंं. २४ मा रहेका २५ जना महिला स्वयम् सेविकाहरुलाइपनि स्वास्थ्य स्वयम्सेविका लेखिएको ज्याकेट र एक थान हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड प्रदान गरेको छ । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वडा सचिव कुस्मराज सुवेदीलाई सो हस्तान्तरण गरेका थिए ।
बुधबार पोखरा महानगर पालिका वडा नं. २५ लाई रु ४४,१७४ रुपैया वरावरको स्वास्थ्य सामग्री र पोखरा महानगर पालिका वडा न्ां २४ लाई रु २१,७५० रुपैया बराबरका सामग्रीहरु गरि जम्मा रु ६५९२५ रुपैया वरावरको स्वास्थ्य सामग्रहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।