जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा लास अलपत्र फालिएको अवस्थामा फेला परेका छन्।
ती लास इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी प्रवक्ता ड्यान्नी म्वालेले तिनीहरू ट्रान्जिटमा निस्सासिएर मरेको हुनुपर्ने बताएका छन्।
एक व्यक्ति अझै श्वास फेर्न प्रयास गरिरहेको अवस्थामा भेटिएको र उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको बताइएको छ। दक्षिण अफ्रिकातर्फ जान होर्न अफ अफ्रिकाबाट आउने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट हो।
म्वालेले स्थानीय समयअनुसार आइतवार बिहान ६ बजे ग्वेरेर्रेमा ती शव फेला पारेको बताएका छन्। अज्ञात व्यक्तिहरूले छिमिनुका रोड छेउको मिनवुड खोसीमा २० देखि ३८ वर्ष उमेरका ती पुरुषहरूको लास फालेको अवस्थामा भेटिएका हुन्।
उनीहरूका साथ भेटिएका कागजातबाट तिनीहरू इथियोपियाली नागरिक हुनुपर्ने अनुमान गरिएको छ। शवलाई जाम्बिया युनिभर्सिटी टिचिङ हस्पिटलको मुर्दाघरमा लगिएको छ ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपी को…






