बसको ढोकाबाट खसेर मुस्ताङमा विद्यार्थीको ज्यान गयो


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको ज्यान गएको छ।

गुल्मीबाट विद्यार्थी र शिक्षक/शिक्षिका लिएर शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग १ ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटनास्थलबाट अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आईपुगेको बस मंगलबार बिहान करिव ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर परियारको ज्यान गएको थियो।

शैक्षिक भ्रमणमा निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक/शिक्षिका र चालक र सहचालक सवार थिए।

बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु भएपछि बससहित बसका चालकलाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।