देशभित्र पूर्ण रूपमा धूम्रपान निषेध गर्ने न्युजिल्यान्ड


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




न्युजिल्यान्डले आगामी वर्षदेखि मुलुकलाई चरणबद्ध रूपमा पूर्णतया सुर्ती प्रतिबन्धित अवस्थामा पुर्‍याउने भएको छ।

मंगलबार संसद्ले पारित गरेको विधेयकको अर्थ सन् २००८ पछि जन्मिएका कुनैपनि व्यक्तिले आगामी दिनमा चुरोट वा अन्य सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन्।

साथै यस विधेयक अनुसार हरेक वर्ष सुर्ती किन्न सक्ने वैधानिक मानिसको संख्या घट्दै जाने भएको छ। उदाहरणका लागि आगामी सन् २०५० मा चालिस वर्ष उमेरको मानिस पनि चुरोट खरिदका लागि निकै कम उमेरको सावित हुने विश्वास गरिएको छ।

यो विधेयक ल्याउने स्वास्थ्य मन्त्री आएसा भेर्रालले यो कदम भविष्यलाई धूम्रपानरहित बनाउने सुरुवात भएको बताएकी छन् ।

डा. भेर्रालले भनेकी छन्, ‘लाखौँ मानिसले दीर्घायु र स्वस्थ जीवन पाउनेछन्। धूम्रपानको कारण सिर्जित रोगहरूका उपचारमा लाग्ने मुलुकको ३ अर्ब २० करोड अमेरिकी डलर खर्चबाट स्वास्थ्य प्रणालीले मुक्ति पाउने छ।’

यसअघि नै न्युजिल्यान्डको धुमपानकर्ताको संख्यामा उल्लेखनीय कटौती भइसकेको छ। नोभेम्बरमा सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार दैनिक रूपमा धूम्रपान गर्ने वयष्क ८ प्रतिशतमा सीमित भएका छन्। गत वर्ष यो तथ्यांक ९ दशमलब ४ प्रतिशत थियो।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।