यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले महामारीजन्य आपतकालीन खरीद कार्यक्रमको थप ६ खर्ब पाँच अर्ब अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ ।
उक्त कार्यक्रमलाई सन् २०२२ को मार्चसम्मका लागि बिस्तार गरिएको हो। नयाँ कार्यक्रमले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ईसीबीले आफ्नो मौद्रिक नीतिसम्बन्धी बैठकपछि बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
महामारीजन्य आपतकालीन खरीद कार्यक्रमलाई यस पहिले यसै वर्षको मार्चमा ल्याइएको थियो जुनमा थप ६ खर्ब यूरो थप गरिएको थियो। अब, यो कार्यक्रमको कूल बजेट १८ खर्ब ५० अर्ब पुगेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस…







