पोखरा । साइकल संस्कृति बसाउन पोखरामा ‘टुर दी पोखरा’ आयोजना हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा यहि पुस दोश्रो साता पोखरामा ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना हुने भएको हो । विगत ६ वर्षदेखि हुँदै आएको ‘टुर दी पोखरा’को छैटौं संस्करण ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ यहि पुस ६ गतेदेखि हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
साइकल सिटी पोखराले सन २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिलेपनि जहाँपनि’ भन्ने नाराका साथ ‘टुर दी पोखरा’को शुभारम्भ गरेको थियो भने २०१६ मा ‘पावर योर लाईफ’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन २०१८ १८ मा ‘बोसो पगाल, ईन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ आयोजना गरेको थियो । सन २०२० र २०२१ मा भने कोभिडका कारण यो कार्यक्रम भएको थिएन । तर कोभिड संक्रमण घटेर जनजीवन सामान्य बनेसँगै साइकल सिटी पोखराले यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
यस वर्षको ‘टुर दी पोखरा’ त्रिदिवसीय कार्यक्रमका साथ आयोजना गरिने आयोजक साइकल सिटी पोखराले जनाएको छ । कार्यक्रम अन्तर्गत पहिलो दिन पुस ६ गते दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता–२०१९ आयोजना हुने साइकल सिटी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए । पोखरा महानगरपालिकासँगको सहकार्यमा महिला, पुरुष र ४० वर्ष माथिको गरेर तीन ईभेन्टमा प्रतिष्पर्धा हुने उनले बताए । उनका अनुसार सबै ईभेन्टमा प्रथम हुनेलाई ३० हजार, दोश्रो हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई २/२ जनालाई ५/५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गोंगजुले जानकारी दिए ।
‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत पुस ७ गते साइकल ¥याली आयोजना हुने भएको छ । मन्दिरदेखि मन्दिरसम्म जोड्ने अभियान अन्तर्गत बागलुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यबासिनी मन्दिरसम्म (बहत्तर किलोमिटर) साइकल ¥याली हुने साइकल सिटी पोखराका संस्थापक अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।
त्यस्तै, ‘टुर दी पोखरा’को मुख्य कार्यक्रम अन्तर्गत अन्तिम दिन पुस ९ गते बृहद साइकल ¥याली आयोजना गरिने जनाइएको छ । पोखराको प्रदर्शनी केन्द्रबाट शुरु हुने बृहद साइकल ¥याली नयाबजार, महेन्द्रपल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यबासिनी मन्दिर, वागबजार, टुँडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृहचोक, विपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी मन्दिर, भद्रकाली स्कुल, मियापाटन, ३२ केभी, अमरसिंहचोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोकहुँदै पुनः प्रदर्शनी केन्द्र नयाबजारमै आएर समापन हुने संस्थापक अध्यक्ष बज्राचार्यले जानकारी दिए । ¥यालीमा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको उपस्थिति रहने उनले बताए । उनका अनुसार हरिवंशले साइकल नै चलाएर ¥यालीमा सहभागिता जनाउनेछन् ।
सो दिनको ¥याली अघि रक्तदान कार्यक्रम हुनेछ भने ¥याली समापनपछि स्लो साइकल रेस प्रतियोगिता तथा सांगीतिक कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोईरालाले जानकारी दिए ।
‘टुर दी पोखरा’कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै ईन्धन बचाउनका लागि महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ । ‘हामी धेरै नै सौखिन भयौं जसका कारण हिंडेरै पुग्ने वा साइकल चढ्दा हुने ठाउँमा मोटरसाईकल र कार चढ्न थाल्यौं, यसले हाम्रो वातावरण प्रदुषित त ग¥यो नै, सँगसँगै हाम्रो पैसापनि विदेशियो, त्यसैले थोपा थोपा ईन्धन बचाएर पैसा विदेश जानबाट बचाउँदै वातावरण स्वस्थ राख्नका लागि योगदान गर्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं’–संयोजक गोंगजुले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







